011-441399 info@indreshworcampus.edu.np विद्यार्थी पोर्टल (HEMIS)

← इन्द्रेश्वर क्याम्पसको बारेमा

Message from the Chairperson

श्री इन्द्रेश्वर उ.मा.वि.लगायत आसपासका विद्यालयहरुबाट कक्षा १२ उत्तीर्ण पश्चात ती विद्यार्थीहरुले पनौतीमै गुणस्तरीय उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउन् भन्ने उद्देश्यले २०५८ सालमै स्थानीय शिक्षाप्रेमी र समाजसेवीहरुको पहलमा यस इन्द्रेश्वर क्याम्पसको स्थापना भएको हो । क्याम्पसको स्थापनाकालदेखि स्थानीय समुदायको उल्लेखनीय सहयोग र समर्थन सदा रहिरहेको छ । तत्कालीन सञ्चालक समितिको निर्णयबाट २०६६ सालमा लागेको १२ वर्षे मकरमेलाको अवसारमा इन्द्रेश्वर क्याम्पसको भवन निर्माणार्थ र व्यवस्थापन संकायमा स्नातकोत्तर तह ९ःद्यक्० सञ्चालनार्थ आर्थिक सहयोग प्राप्तिको निम्ति शिवशक्ति कल्याणीमाताको शिवपुराण कथा पुराण वाचन एवम् एक महिने कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, शिक्षक कर्मचारी र विद्यार्थीहरुको अथक मेहनतले जम्मा भएको रकमले थालेको क्याम्पस भवन निर्माण आजसम्म पनि पूर्णता नपाएकोले बाँकी रहेको काम पूरा गर्ने क्रम नयाँ ढंगबाट नयाँ व्यवस्थापनका साथ थालेका छौं । यथा समयमा निर्माण कार्य सम्पन्न गरी उद्घाटन गर्ने उद्देश्य रहेको छ । देशको सर्वाङगीण उन्नतिका लागि गुणस्तरीय, प्रविधिमैत्री र अनुसन्धानमूलक शिक्षा प्रदान गरी अनुशासित, नैतिकवान्, दक्ष, सक्षम सिपमूलक देशभक्त, इमान्दार नागरिक उत्पादन गर्ने र यस क्याम्पसलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च स्तरीय शैक्षिक केन्द्र बनाउने र क्याम्पसको यही उद्देश्य हासिल गर्न कृयाशील रहने हाम्रो प्रतिबद्घता जारी रहने छ । गरिब र जेहन्दार विद्यार्थीहरुलाई सुविधा, छात्रवृत्ति र पुरस्कृत गर्ने हाम्रो प्रतिबद्धता हो । विद्यार्थीहरुको शैक्षिकस्तर वृद्घि गर्न ध्यान दिने, खेलकुद नृत्य, गायन समाजसेवा आदिमा विद्यार्थीहरुको संलग्नतामा रुची वृद्घि गर्ने, दण्ड र पुरस्कारको व्यवस्था, क्याम्पसको विभिन्न विनियमहरु बनाउने, नियमको पालना एवम् समुदायमा “इन्द्रेश्वर मेरो क्याम्पस’’ भन्ने भावनाको जागृतीको लहर चलाउने हाम्रो उद्देश्य रहेको छ । पनौती क्षेत्रको सबेैभन्दा लोकप्रिय ज्ञानकेन्द्रको रुपमा उठाउनुका साथै क्याम्पसको भौतिक एवम् शैक्षिक अभिवृद्धिमा क्रियाशीलता रहने हाम्रो उद्देश्यलाई साकार पार्न सम्बन्धित सबैको साथ र सहयोग हुनेछ भन्ने विश्वास पनि रहेको छ । धन्यवाद । तुयुकाजी ताम्राकार अध्यक्ष इन्द्रेश्वर क्याम्पस सञ्चालक समिति पनौती ७, काभ्रेपलाञ्चोक

यो पनि पढ्नुहोस्मन्तव्य →